Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी


234
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐन सुधारको जरुरी रहेको बताउनुभएको छ ।

शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले उद्योग मन्त्रायलसँग सम्बिन्धत रहेर नै धेरै कानून सुधार भएको दाबी गर्नुभयो ।

मन्त्री भण्डारीले सेवा प्रवाह, लगानी प्रवद्र्धन, प्रविधिको विकासको क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

मन्त्री भण्डारीले प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई अघि बढाउने, गुड गभर्नेन्स बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।