Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


नेसपा (नयाँशक्ति)को उपाध्यक्ष पदमा दुर्गा र मानुषी निर्विरोध


1.6k
Shares

काठमाडौं । आइतबारदेखि प्रज्ञाभवन कमलादीमा शुरु भएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन् । दलित उपाध्यक्ष पदमा सोब र महिला उपाध्यक्ष पदमा भट्टराईको एकल उम्मेदवारी परेको थियो ।

नेसपाका ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाका लागि आज मंगलबार निर्वाचन हुँदैछ । आज दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

यस्तै नेसपाको अध्यक्ष पदमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दिएका छन् ।