Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


अन्नपूर्ण चिनी उद्योगले किसानको भुक्तानी दिएन, किसान आन्दोलनको तयारीमा


0
Shares

सर्लाही । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले भुक्तानी नदिँदा किसानको बिचल्ली भएको छ ।

दुई वर्षदेखि भुक्तानी नदिई उद्योगी फरार भएपछि किसानको बिच्चली भएको हो । पैसा लिनका लागि किसानहरु अहिले दिनहुँ उद्योग धाईरहेका छन् ।

तर, उद्योगमा कसैलाई नदेखेपछि किसानहरु निराश भएर घर फर्र्किनुपरेकोे छ । भुक्तानी नपाएपछि किसानको घर व्यवहार चलाउन कठिनाई भएको छ ।

२०७० सालमा स्थापना भएको उद्योगले सोही वर्षदेखि केही किसानको भुक्तानी बाँकी राखेको छ ।

पटक पटक ताकेता गर्दा २५ प्रतिशत भुुक्तानी मात्र गरेको छ ।

कात्तिक मसान्तसम्म पनि उद्योगले भुक्तानी नगरे आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।