१४ चैत्र २०८१, बिहिबार | Fri Mar 28 2025


आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैन : अध्यक्ष दाहाल


728
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष दाहालले आफैं आफ्नो पीठ थप्थप्याएर आफैंले आफूलाई प्रमाणपत्र दिएर आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन नरहेको बताउनुभयो । उहाँले नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल गर्न सुझाव दिनुभयो । उहाँले बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष दाहालले संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने बताउनुभयो ।