२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


काँग्रेस–एमालेद्वारा आफ्ना सांसदलाई ह्विप जारी


0
Shares

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेका छन् ।

राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजेका लागि आह्वान गरिएको छ । बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ । आज दुई वटै सदनमा सबै अध्यादेशहरू निर्णयार्थ प्रस्तुत हन लागेको हो ।

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेका अनुसार काँग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको हो ।