१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा यथाशिघ्र पेस गर्न संसदीय समितिको निर्देशन


234
Shares

काठमाडौं । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेस गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा यथाशिघ्र पेस गर्नसरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशिघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताउनुभयो ।

समितिले आजको बैकठमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरेको हो ।