
काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंकले इन्फोडेभलपर्सले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ’बजेट ३६०’ प्रयोगमा ल्याउने भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
यस सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्