काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले सरकारले साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताउनुभयो । उहाँले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको बताउनुभयो । सरकारले अधिवेशन नबोलाउँदासम्म संसद सुचारु नहुने कुरा हो भने पुनःर्विचार गर्न आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष राउतले सरकारको फोन कुरेर न्यायलयले फैसला गर्ने गरेको आरोप लगाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्