Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


च्याम्पियन्स लिगको समुह चरण सकियो


0
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समुह चरणका खेलहरु सकिएका छन् । बुधबार राति भएका समुह चरणका अन्तिम खेलहरुमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले बेल्जीयमको क्लब ब्रुजलाई ३–१ ले हराउँदा अर्को इंग्लीश टोली आर्सनलले स्पेनको जिरोनालाई २–१ ले पराजित ग¥यो ।

यसैगरी एस्टन भिल्लाले सेल्टीकलाई ४–२ ले हराउँदा बार्सिलोनाले एटलान्टासँग २–२ गोलको बराबरी खेल्यो । गएरातिका खेलहरुपछि प्रतियोगताको राउण्ड अफ सिक्सटिन र प्ले अफ्मा पुग्ने टोलीहरुको टुंगो लागेको छ ।

लिग चरणमा शीर्ष आठ स्थानमा रहेका लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एट्लेटिको मड्रिड, बायर लिभरकुजेन, लिल र एस्टन भिल्ला राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । लिग चरणमा नवौंदेखि २४ औं स्थानसम्म लिएका टोलीहरुले प्ले अफ् खेल्न पाउनेछन् ।

राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्न प्ले अफ्मा छानिने टोलीहरुमा एटलान्टा, बोरुसिया डर्टमण्ड, रियाल मड्रिड, बायर्न म्युनिख, एसि मिलान, पि.एस.भी. आइन्डोभन, पेरिस सेन्ट जर्मेन, बेन्फिका, मोनाको, ब्रेष्ट, फेयनुर्ड, युभेन्टस, सेल्टिक, म्यान्चेस्टर सिटी, स्पोर्टीङ र क्लब ब्रुज रहेका छन् ।

लिग तालिकाको पुछारमा २५ औं देखि ३६ औं स्थानसम्म रहेका टोलीहरु समुह चरणबाटै बाहिरिएका छन् ।