 
	    काठमाडौं । संस्कृतिविद् जगमान गुरुङले नेपाल सरकारले देशको परम्परा, धर्म र संस्कृतिको रक्षा गर्न नसकेको बताउनु भएको छ ।
शहिद दिवसको अवसर पारेर गंगाला फाउण्डेशन र रशियन कक्चर सेन्टरले आज राजधानीमा गरेको कार्यक्रममा उहाँले देश पछिल्लो चरणमा झन् ठूलो अराजकतातर्फ उन्मुख भएको बताउनुभयो ।
फाउण्डेसनका अध्यक्ष प्रशान्त श्रेष्ठले युवा वर्गलाई देशका सपुतहरुबारे जानकारी होस् भनेर शहीद दिवसको अवसरमा कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा पारा ओलम्पिकमा काश्य पदक जित्न सफल पलेशा गोबर्दनलाई सम्मान गरिएको थियो भने कविता, चित्रकला, बक्तृत्वकला र निबन्ध प्रतियोगितामा विजयी हुने बिभिन्न्न विद्यालयका छात्र छात्राहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । यसैगरी शहिद गङ्गालाल श्रेष्ठको बलिदानमा आधारित एकांकी नाटक पनि प्रस्तुत गरिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्