२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


सरकार मुलुकको समृद्धि हाँसिल गर्न संकल्पित छ : प्रधानमन्त्री ओली


195
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा आइपरेका समस्या समाधानका लागि संविधान संशोधन हुने बताउनुभएको छ ।

बुधबार सिंहदरबारस्थित शहीदहरुको शालिकमा माल्यार्पण गर्दै उहाँले संविधान कार्यान्वयनमा आएका जटिलतालाई फुकाउन संविधान संशोधन हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अब लोकतान्त्रिक प्रणालीमा देश आइसकेको भन्दै नेपाललाई शान्तिपूर्ण,सुशासनयुक्त, भ्रष्टाचारमुक्त नेपाल, समृद्धितर्फ अघि बढेको, विकासको बाटोमा अघि बढेर समृद्धि हाँसिल गर्न संकल्पित रहेको नेपाल र सुखी नेपालीहरु भएको नेपालको गन्तव्यतर्फ लैजान सरकारले काम गरिरहेको बताउनुभयो ।

देशमा कानूनी राज्य स्थापनाका लागि सरकारले काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा अराजकता फैल्याउने, जनतालाई विभाजित गर्ने, साम्प्रदायिक विद्ेवेष फैल्याउने, देशलाई एकतावद्ध हुन नदिने कुराहरु स्वीकार्य नभएको बताउनुभयो । विकास, शान्ति सुव्यवस्था, राष्ट्रिय एकतावद्ध राष्ट्र निर्माण गर्ने अभियानमा लाग्ने कुरामा अहिलेको सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई कुनै दुःख नहुने गरी काम गरिरहेको बताउनुभयो । उहाँले लोकतन्त्र एनार्किजम नभएको भन्दै लोकतन्त्र विकसित, व्यवस्थित, सभ्य र सुशासनयुक्त प्रणाली भएको बताउनुभयो ।