Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


रास्वपा सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति, पार्टीका अन्तरिक गतिविधि, विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने सम्बन्धमा छलफल हुनेछ ।

यस्तै संसद अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन लगायतका विषयहरुमा छलफल हुने जनाइएको छ ।