काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयसँग सम्बन्धित सबै ऐन कानूनहरु एक वर्षभित्र संशोधन गरिसक्ने बताउनु भएको छ ।
‘एक स्थानीय तह, एक हुलाक’ कार्यक्रम घोषणा गर्दै सञ्चारमन्त्री गुरुङले पुराना ऐन कानूनका कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेकाले संशोधन गर्न लागेको बताउनुभयो । हुलाक सेवा सुधारका लागि नयाँ ऐन र नीति नबनाइ नहुने भन्दै उहाँले हुलाक नीति पनि नयाँ आउने बताउनुभयो ।
“अब हुलाकको नीति परिवर्तन हुन्छ साथै हुलाकलाई प्रविधि मैत्री बनाउने विषयमा हाम्रो मन्त्रालय सधैँ संवेदनशील छ ।” मन्त्री गुरुङले भन्नुभयो,
पुराना कानुनकै कारण विश्वले ठूलो फड्को मारिसक्दा पनि नेपाल पछि परिरहेको मन्त्री गुरुङको जिकीर थियो । ड्रोनले युद्ध गर्ने जमानामा खुकुरीको बहादुरी काम नलाग्ने भन्दै उहाँले हिजोको बहादुरी सम्झेर अहिलेको विकास हुनसक्दैन भन्नुभयो ।







प्रतिक्रिया दिनुहोस्