Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बन्न सकेन : गुरुङ


624
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिका लागि मात्रै राजनीति गर्दा देश बदलिन नसकेको बताउनुभएको छ ।

बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उपसभापति गुरुङले राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले देश बन्न नसकेको बताउनुभयो । उहाँले ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैल्याउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताउनुभयो ।

उपसभापति गुरुङले पोखरा-मुग्लिङ सडक फोर लेन र मुग्लिङ-काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यवहारिक रहेको बताउनुभयो ।