५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको हो : जनार्दन शर्मा


455
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो ।

सांसद शर्माले उद्योगहरुलाई संरक्षण गर्ने विषयमा कसैको विमति नभएको तर मूल्यका काटे«लिङ गर्ने कुरा गलत भएको बताउनुभयो । उहाँले बजारले वस्तुहरुको मूल्य निर्धारण गर्ने भएकाले काटे«लिङ भएपछि बजारले मूल्य निर्धारण गर्न नपाउने बताउनुभयो ।

सांसद शर्माले बजारमा सिन्डिकेट भएपछि हरेक वस्तुको मूल्य वृद्धि हुने बताउनुभयो । उहाँले बजारमा मैल्यवृद्धि र काटे«लिङ हुन दिन राज्यको कमजोरी भएको बताउनुभयो । उहाँले सरकारले काटे«ेलिङ गर्न दिने नभइ हस्तक्षेप गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद शर्माले जनता र उपभोक्तालाई मारमा पार्ने गरी उद्योगीहरुले काटे«ेलिङ गर्ने कुरा ठिक नभएको भन्दै सरकारले तत्काल समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले उद्योगीहरुले काटे«ेलिङ गरेर उद्योग चलाउन नपाइने बताउनुभयो । उहाँले मूल्य नियन्त्रण सरकारले गर्ने भएकाले समितिले छलफल गर्नुपर्ने विषय नभएको बताउनुभयो । उहाँले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने बताउनुभयो ।

सांसद शर्माले सरकारी स्वामित्वको उद्योगले सिमेन्टको मूल्यवृद्धि गरेको कुरा पनि शङ्कास्पद रहेको बताउनुभयो ।