२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


सिमेन्टमा ७५ प्रतिशत मूल्य वृद्धि भएको कुरामा सत्यता छैन : उद्योगमन्त्री भण्डारी


3.107k
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नभएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै मन्त्री भण्डारीले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषयमा सत्यता नभएको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगको मूल्य लागतअनुसार फरकफरक रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बताउनुभयो । उहाँले बाहिर भनिए जस्तो सिमेन्टमा ५०–७५ प्रतिशत मूल्य वृद्धि नभएको बताउनुभयो । उहाँले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरुसँग ४– ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको बताउनुभयो ।

मन्त्री भण्डारीले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको बताउनुभयो । उहाँले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिनुभयो । उहाँले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंग्याउने प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको समेत बताउनुभयो ।

मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुङ्गो लगाउने उल्लेख गर्नुभयो ।