५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


1.989k
Shares

काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दवै जनाको मृत्यु भएको हो । उनीहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने बताइएको छ ।