
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित धोबीखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउन शुरु गरेको छ ।
प्राधिकरणको टोलीले आइतबार चाबहिल मालपोत कार्यालय नजिक रहेका भवनहरुमा डोजर चलाएको हो । सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणले जनाएको छ ।
त्यस क्रममा स्थानीयले केहीबेर अवरोध समेत गरेका थिए । मापदण्ड विपरीतका संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने काम आइतबारदेखि थालिएको र निरन्तर अघि बढ्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
धोबीखोला र बाग्मती नदी किनारमा करिव ५ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको दाबी प्राधिकरणको छ ।
प्रतिक्रिया दिनुहोस्