
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी काठमाडौं प्रहरीको हिरासतमा पुगेका छन् ।
आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाइएको हो । जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको बयान भएको थियो । बयान सकिएर सरकारी वकिलहरुले बहस गरेपछि जोशी तर्फको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई हिरासतमा पठाइएको हो ।
सोमबार हुने बहसपछि अदालतले थुनछेक सम्बन्धि आदेश दिनेछ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा लामो समय कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई कास्की जिल्ला अदालतले ८८ लाख धरौटीमा छाडिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस्