५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्ने


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

यही माघ ११ र १२ गते काठमाडौंमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । सांगठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाले जनाएको छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्य लगायत विषयमा जानकारी गराउनु हुने जनाइएको छ ।

सचिवालय सम्बन्धी प्रतिवेदनका साथै संगठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन बैठकमा प्रस्तुत हुनेछ ।

यस्तै वडा तहबाट संगठन गठन र पुनर्गठन कार्यको समीक्षाका साथै पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुनेछ ।