५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट, ७० जनाको मृत्यु


1.066k
Shares

एजेन्सी । नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

६० हजार लिटर पेट्रोल सहितको ट्रक नाइजेरियाको डिक्को जंकसनमा बिस्फोट भएको हो । गुडिरहेको ट्रक बिस्फोट हुँदा घटनास्थल वरिपरिका मानिसहरुको जलेर मृत्यु भएको हो ।

बिस्फोटपछि फैलिएको आगो बस्तीसम्म प्रवेश गर्दा केही घर जलेर नष्ट भएका छन् । बिस्फोटबारे अनुसन्धान भइरहेको छ । आर्थिक संकटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको थियो ।