५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


आजको मौसम


1.469k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।