
काठमाडौं । नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी उत्पादित सामाग्रीहरुको प्रचार प्रसारको सही माध्यम बनेको सहभागी व्यवसायीहरुले बताएका छन् ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डमा सुरु भएको मेलामा आफ्नो कम्पनीहरुको स्टल राखेका व्यवसायीहरु मेला उपभोक्तामाझ पुग्ने सही माध्यम भएको बताउँछन् । उनीहरुले यस्ता मेलाहरुले नेपालमा मात्रै नभइ विदेशमा पनि आफ्ना उत्पादनहरुको बजारीकरण गर्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
मेलामा सहभागी अल्ट्रा इन्टिरियोका सञ्चालक श्री खनालले मेलामा सहभागी हुँदा आफ्ना उत्पादनहरु उपभोक्तामाझ बुझाउने र पु¥याउन सहज बनेको बताउनुभयो । उहाँले नयाँ उत्पादनबारे जानकारी दिने, आफ्ना सामाग्रीहरुको प्रचारप्रसार गर्ने माध्यम बेला बनेको बताउनुभयो ।
मेलामा सहभागी मयुर प्लाइका सहायक महाप्रबन्धक नवराज केसीले नेपाल वुड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी प्रचार प्रसार गर्ने सही माध्यम भएको बताउनुभयो । उहाँले आफ्ना उत्पादनलाई बजारीकरण गर्नका लागि यस्ता एक्स्पोहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उपभोक्ताहरुसँग प्रत्यक्ष भेट हुने र उपभोक्ताले रुचाएअनुसारका उत्पादनहरु आगामी दिनमा बनाउन मेलाले मदद्त पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मिराज काठ उद्योगका व्यवस्थापक ईश्वर पोखरेलले मेलाले उपभोक्ताहरुसँग प्रत्यक्ष जोडिन मद्दत पुगेको बताउनुभयो । उहाँले आफ्ना सामाग्रीहरु विदेशमा पनि बिस्तार र व्यापार गर्न मेला महत्वपूर्ण रहेको बताउनुभयो ।
त्यस्तै ऋद्धिसिद्धि ल्याबिनेट्स प्रा।लि।का सहसंस्थापक रवि नेमानीले मेलाले आफ्ना सामाग्रीहरुको बजार बिस्तारमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । भारतका सामग्रीहरु नेपाली बजारमा ल्याउन र आम नागरिकलाई बुझाउन मेला महत्वपूर्ण रहेको बताउनु भयो । मेलाले आफ्ना उत्पादनको प्रचार प्रसारमा मद्दत पुग्ने बताउनुभयो ।
यता, ज्यागवार प्लाइका निर्देशक रोहित नेमानीले आफ्ना उत्पादित सामाग्रीहरुलाई उपभोक्ताहरुमाफ पु¥याउन मेला महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता मेलाले आफ्ना उत्पादनबारे जानकारी नहुनेलाई जानकारी दिन फाइदा पुग्ने बताउनुभयो ।
त्यस्तै, ट्राइनोक्स नेपालका निर्देशक सुजित माधोगरियाले आफ्ना उत्पादनहरुको बजारीकरण गर्न र उपभोक्ताहरुसँग भिज्न मेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले उपभोक्ताले चाहेको मागअनुसारको उत्पादन गर्न मेलाले सन्देश दिने बताउनुभयो । आफ्ना उत्पादनको सुधार गर्न पनि मेला महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले धेरै अवलोकन कर्ताहरु आउने भन्दा पनि आवश्यक भएका र बुझ्न चाहेका अवलोकनकर्ताहरु आएर बुझिदिँदा नै आफूहरु सन्तुष्ट हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्