 
	    काठमाडौं । घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार र शुक्रबार चलेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले घरजग्गा व्यवसायलाई उत्पादनमुलक र पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवद्र्धन गर्न नसके वागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने बताउनुभयो । उहाँले स्थानीय सरकार निजी क्षेत्रलाई लगानी प्रवद्र्धनका लागि आवश्यक वातावरण सिर्जना गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेण्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरु हेटौँडा पुगेको बताउनुभयो । उहाँले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राम्रो काम गरे सबैले साथ दिने भएकाले व्यवस्थित शहर बनाउन सबै लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
हेटौँडालाई नमूना शहरको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्