
काठमाडौं । मधेश प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिबार एक लाख दीप प्रज्वलन गर्ने भएको छ ।
शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिनुभएको हो ।
एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिबास साँझ हुने बताउनुभयो । शहीदहरुको स्मरणमा मधेश प्रदेश सरकारले शुक्रबार विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु गरेको पनि बताउनुभयो । मधेश प्रदेश सरकारले शहीदको सम्मान, शहीद परिवारका घाइतेको उचित व्यवस्थापन र शहील प्रतिष्ठानलाई समयानुकुल व्यवस्थित गर्न केही रचनात्मक कार्यक्रमहरु गरेको बताउनुभयो ।
शहीद परिवारलाई आमन्त्रण गरेर प्रदेश सरकारले शहीदको सम्मानका लागि अभिनन्दन कार्यक्रम गर्ने पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्