Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


मेरो सुरक्षा र प्रिमियर ईन्सोरेन्सबिच मोबाइल बिमा सम्झौता


0
Shares

काठमाडौं । मेरो सुरक्षा र प्रिमियर ईन्सोरेन्सबिच मोबाइल बिमा सम्झौता भएको छ ।

सोेमबार काठमाडौंमा एक कार्यक्रमका बिच मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियम ईन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बिमा प्रिमियमको ईन्सोरेन्स हुने छ ।

कुनै कारणले मोबाइल फुटेमा,आगो वा पानीमा परेर मोबाइल भौतिक रुपमा नचल्ने भएमा वा हराएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाईल सेट उपलब्ध गराउने जनाइएको छ । यसैबीच मेरो सुरक्षाले कलाकार राजेश हमाललाई सद्भावना दूत नियुक्त गरेको छ ।