१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


शेयर बजारमा गिरावट


364
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ ।

बुधबार झिनो अंकले सकारात्मक बनेको बजार परिसूचक नेप्से बिहीबार ७ दशमलव ३३ अंक घटेर २५८८ दशमलव ६२ विन्दुमा झरेको छ ।

परिसूचक घटेपनि बिहीबार दिन कारोबार रकम भने बढेको छ । बिहीबार दिनभरमा २९६ स्टकको एक करोड १७ लाख ४९ हजार कित्ता शेयर ५ अर्ब ९३ कराड ३७ लाख ११ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

घटेको बजारमा पनि बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर पोखरा फाइनान्सको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स र खानीखोला हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा बिहीबार सिन्धु विकास बैंकको सर्वाधिक २८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।