
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका अध्यक्षले सरकारको नेतृत्व गरे पनि जनतामा सन्तुष्टि नरहेको दाबी गर्नुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा उहाँले देशको राजनीतिमा पछिल्लो समय झन् विकृति र विसंगतिहरु बढेको जिकीर गर्नुभयो ।
कम्युनिष्ट पार्टीका नेताले मुलुक चलाउने जिम्मेवारी पाए पनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको अध्यक्ष नेपालको भनाइ थियो ।
कम्युनिष्ट नेता सरकारमा गएर मात्रै कम्युनिष्ट आन्दोलन माथि उठन नसक्ने भन्दै उहाँले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनका लागि काम गर्ने भावना हुनपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्