५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ : राष्ट्रपति पौडेल


169
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।

मंगलवार शीतल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गर्नुभएको हो । उहाँले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताउनुभयो । उहाँले साउने संक्रान्ति र माघे संक्रान्ति पर्व मात्र नभइ नेपालीहरुको जनजीवन रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व मात्र नभएर नेपालीको जनजीवन हो । हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ भन्ने आह्वान गर्दछु । देशमा सुशासन र शान्ति स्थापना गर्नु नै राजनीतिक कर्मीहरुको दायित्व हो ।’

राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापना गर्न जरुरी रहेको बताउनुभयो ।