काठमाडौं । पछिल्ला दिन सुधार आउँदै गरेको र अघिल्लो दिन मात्र पनि दोहोरो अंकले सुधार आएको शेयर बजारमा सोमबार भने बृद्धिमा ब्रेक लाग्यो ।
उतार चढावबीच नेप्से नगन्य अंकले ऋणात्मक रहेर १२ सय ५६ दशमलब चार शून्य कायम भएर थामियो ।
कारोबार पनि अघिल्लो दिनको तुलनामा न्यून रह्यो । यस दिन आधा भन्दा बढी समूह रातो रहे भने अरु हरियो ।
होटल, जलविद्युत, वाणिज्य बैंक, विकास बैंक, वित्त र बीमा समूह ओरालो लागे ।
निर्जीबन बीमा समूह, जिबन बीमा समूह, उत्पादनमूलक समूह, लघुवित्त र व्यापार समूह सकारात्मक रहे ।
निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय ३ अंकको बृद्धि आयो । जिवन बीमा समूह पनि १ सय १९ अंकले उकालो लाग्यो ।
उत्पादनमूलक समूहमा पनि २४ अंकको सुधार आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीको २४ लाख २५ हजार कित्ता शेयर ६९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्