
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले गएका पछिल्ला पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ बढी कृषि अनुदान वितरण भएको बताएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पछिल्ला पाँच वर्षमा एक करोड ९६ लाख किसानलाई एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ वितरण गरिएको बताउनु भएको छ ।
मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले आर्थिक वर्ष २०७६÷ ७७ देखि आर्थिक वर्ष २०८०÷८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी सो रकम अनुदानको रुपमा प्रवाह भएको बताउनु भएको हो । प्रत्यक्षतर्फ २० अरब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको मन्त्री अधिकारीको दाबी छ ।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले कृषि अनुदान लिने व्यक्ति, समूह, सहकारीलगायतका नाम पनि सार्वजनिक गर्दै जाने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्