५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे


338
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताउनुभएको हो ।

सभामुख घिमिरेले दलले नै यो व्यवस्थालाई प्रभावकारी ढङ्गबाट स्थापित गर्ने जानकारी गराउनुभयो । उहाँले दलको भूमिकामार्फत् दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवद्र्धन हुने जिकिर गर्नुभयो ।

सभामुख घिमिरेले राजनीतिक दलले आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताउनुभयो । जनताका अभिमतहरू उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताउँदै उहाँले लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गर्नुभयो ।

‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलको भूमिका सर्वप्रथम माथि रहन पुग्छ । दलहरू नै यो व्यवस्थालाई प्रभावकारी ढङ्गबाट स्थापित गर्ने र दलको भूमिकामार्फत् यसलाई प्रवद्र्धन गर्दै अघि जाने कुराहरू हुन्छन् । दल आफैँ यस्तो साधन हो जो, आम जनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतहरूलाई ठिक ढङ्गबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पु¥याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ । तर उ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसको प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धीको कामलाई व्यवस्थित गर्नको लागि आफूलाई नै त्यसरी व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ ।’ सभामुख घिमिरेले भन्नुभयो ।

सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो ।