५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा


910
Shares

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । आइतवार बिहान लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका हुन् ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको उनीमाथि आरोप छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।