२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै


0
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ ।
आइतबार दिउँसो सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पद बहाली गनुभएको दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।