७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


पृथ्वीजयन्तीमा आम सर्वसाधरण र नेताहरुद्वारा माल्यार्पण


286
Shares

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शनिबार काठमाडौंमा र्‍यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रनिर्माता शाहको ३०३ औं जन्मजयन्ती मनाइएको हो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा लगायतले सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । साथै आम सर्वसाधारणले पनि उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मरण गरेका छन् ।