१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


जलवायु परिवर्तनका समस्यासँग जुध्न विश्वव्यापी सहकार्य आवश्यक : वनमन्त्री ठकुरी


182
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका समस्यासँग जुध्न जलवायुमैत्री प्रविधि हस्तान्तरण, क्षमता विकास र वित्तीय सहयोगका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले आर्थिक हिसावमा सम्पन्न र उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरुले थप जिम्मेवार हुँदै नेपाल जस्ता संवेदनशील राष्ट्रहरुलाई जलवायु अनुकुलन न्युनिकरणमा साथै जलवायुजन्य क्षति र नोक्शानी सम्बोधन गर्न सघाउ पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले नेपालले अन्तर्राष्ट्रियस्तरमा पनि जलवायु संकटको सामना गर्नका लागि निरन्तर पहलकदमी लिइरहेको बताउनुभयो । उहाँले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलाधार संरक्षण, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा जलवायु परिवर्तनले नेपालमा ठूलो असर पारेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले पर्वतीय मुद्दामा नेपालले नेतृत्व लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय जलवायु कोष र दुई पक्षिय सहयोगहरु बढाउनेबारेमा जोड दिनुपर्ने बताउनुभयो ।