काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा साक्षरताको अभाव रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले बीमा क्षेत्रमा सबैभन्दा ठूलो चुनौतिका रुपमा बीमा साक्षरता रहेको देखिएको बताउनुभयो । उहाँले बीमा क्षेत्रले उद्योगी व्यवसायीदेखि आम नागरिकमा समेत बीमा साक्षरता जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले उद्योगी व्यवसायीहरुले बीमाले लागत बढाउने मात्रै काम ग¥यो भन्ने गुनासो जायज नभएको भन्दै बीमाले उद्योगलाई सुरक्षित गरेको कुरा भुल्न नहुने बताउनुभयो । उहाँले बीमाले उद्योग व्यवसायको संरक्षण गरेको दाबी गर्नुभयो । उहाँले बीमाका विषयमा सबैलाई साक्षर बनाउन नसकेको कुरा बीमा क्षेत्रले स्वीकार गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले बीमा क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या बीमा कम्पनीहरुकै कारण देखिएको उल्लेख गर्नुभयो । उहाँले बीमाको प्रिमियम र दाबी भुक्तानीको समस्या बीमा कम्पनीहरुकै कारण ठूलो भएको बताउनुभयो । उहाँले यी समस्या समाधान बीमा कम्पनीहरुले सुधार गरेर गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले बीमकले बीमा गरेको रकम दाबी भुक्तानी पाउन धेरै ढिला हुने गरेको गुनासो व्यापक रहेको भन्दै यसमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष दाहालले पछिल्लो समय जीवन बीमा सरेण्डर गर्नेको सख्या बढ्दै गएको भन्दै त्यसको समाधानको लागि प्राधिकरणले गर्नुपर्ने काम गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्