५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


टोखाका चाकु व्यवसायीलाई भ्याई नभ्याई


507
Shares

काठमाडौं । माघेसंक्रान्ती नजिकिएसँगै टोखाका चाकु व्यवसायीलाई यतिखेर भ्याई नभ्याई भएको छ । अरु समयमा भन्दा माधेसंक्रान्तीमा चाकुको माग उच्च हुने गर्दछ । मुलुककै सबैभन्दा धेरै चाकु उत्पादन हुने दाबी गरिएको टोखाको चाकुको स्वाद र विशेषता नै बेग्लैछ । चाकुका लागि कहलिएको यस क्षेत्रमा कात्तिकको दोस्रो साता देखिनै चाकु, तिलौरा, भुजाको लड्डु लगायतका मिठाई बनाउने चटारो सुरु हुन्छ ।

टोखाका स्थानीय बासिन्दा बुद्ध श्रेठले आफ्नो पुर्खाको चाकु व्यवसाय धानेको ३ दशक बितिसकेको छ । आफ्नो जीजुबुवाले सुरु गरेको चाकुको व्यवसाय पेशा मात्र नभएर चार पुस्ता देखिको ऐतिहासिक एवं मौलिक स्वादलाई पनि निरन्तरता दिँदै आउनुभएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अपाध्यक्ष समेत रहनुभएका श्रेष्ठ मात्र नभई उहाँका परिवारका अधिकाशं सदस्यले आप्mनो पुस्तैनी व्यवसाय अंगाल्दै आउनुभएको छ ।

टोखाका चाकु उद्योगहरुमा बिहान चार बजेदेखिनै चहलपहल सुरु हुन्छ । पछिल्लो समय पराम्परागत चाकु संरक्षण समाज अन्तर्गत १४ वटा चाकु उद्योगहरु सञ्चालनमा छन् । यी उद्योगमध्ये अधिकांश पुस्तैनी चल्दै आएका रहेका छन् । सख्खर, चिनी र तिलको प्रयोगबाट बन्ने चाकुसहितका यी मिठाई माघे संक्रान्तिमा खास मानिन्छ । सामान्यतया नेवार समुदायमा काजकिरियामा समेत नभई नहुने चाकु माघे संक्रान्तिमा अन्य समुदायका लागि पनि उत्तिकै आवश्यक खाद्य मानिन्छ । केही वर्ष पहिलेसम्म साधारण चाकु मात्र बजारमा जाने भएपनि अहिले भने मसालेदार, स्पेशल, खुवालगायतका चाकुको माग बढेको व्यवसायीले बताएका छन् । टोखाका उद्योगमा सादा चाकुदेखि मसला चाकु, स्पेशल चाकु, सेतो र कालो तिलको लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डु पनि उत्पादन भइरहेका छन् । अफसिजनमा चाकुको माग धान्न सकेपनि सिजनमा भने माग धान्नै धौधौ पर्ने उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

सख्खरलाई करिव एक घण्टा आगोमा पकाइसकेपछि भाँडोबाट निकालेर चिसो पारिन्छ । त्यसपछि फिटेर पहेँलो रंगको चाकु तयार हुन्छ । फिटेको चाकुलाइ चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ । सादा चाकु हातलेनै फिटेर बनाईन्छ भने मसालेदार चाकुको लागि मसिनको प्रयोग गर्न थालिएको छ । यस क्षेत्रका कारखानाले चाकुबाट एक सिजनमा ५० देखि ६० लाख सम्मको कारोबार गर्ने गरेका छन् । टाोखामा रहेका केही चाकु उद्योगहरु अफजिनमा बन्द हुने गर्छन भने केही सीमित जनशक्ति मात्र राखेर सञ्चालन हुने गरेका छन् ।

यसक्षेत्रका उद्योगमा उत्पादन भएका चाकु, तिलौरा नेपालका विभिन्न शहरसहित अमेरिका अस्टे«लियादेखि युरोपका विभिन्न मुलुकमा समेत निर्यात हुने गरेका छन् । तर यस पुस्तैनी सांस्कृतिक महत्व रहेको उत्पादनको व्यावसायिकको प्रवद्र्धनका लागि सरकारले भने कुनै पनि चासो नदिएको व्यवसायीहरुको दुखेसो छ ।