५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


शेयर बजारमा गिरावट


351
Shares

काठमाडौं । पछिल्ला केही दिन सकारात्मक रहेको शेयर बजार साताको कारोबार अन्तिम दिन घटेर बन्द भएको छ ।

तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले ऋणात्मक रहेर २६ सय ३५ मा बन्द भएको हो ।

सुरुवाती समय उकालो लागेर २६ सय ६५ सम्म पुगेको बजार अन्त्यमा दोहोरो अंकले झरेको हो । कारोबार भने बढेर सवा ७ अर्ब माथि पुगेको छ ।

बिहीबार होटल समूह करिब १ प्रतिशतले सकारात्मक रहँदा बाँकी सबै समूह ओरालो लागे । वित्त समूहमा सबैभन्दा उच्च करिब ३ प्रतिशतको गिरावट आउँदा विकास बैंक समूह २ प्रतिशतले घट्यो । जीवन बीमा र लघुवित्त समूह पनि १ प्रतिशत बढीले ओरालो लागे । बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ८ स्टकको १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बिहीबार १ सय ८० कम्पनीको मूल्य घट्दा ८८ को बढ्यो । घटेको बजारमा पनि बाराही हाइड्रो, हिमालयन पावर लगायतका लगानीकर्ताले १० प्रतिशत कमाए ।