काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने बताउनुभएको छ ।
बुधबार नेपाल आर्थिक पत्रकार (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो ।
अध्यक्ष श्रेष्ठले पछिल्लो समय पुँजीबजारमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएकाले बोर्ड त्यस्ता कार्यलाई नियमन र नियन्त्रण गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले धितोपत्र बजार प्रणालीमा बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले नेपाली पुँजीबजारमा ७० लाख लगानीकर्ता रहेको भन्दै पुँजीबजारलाई थप व्यवस्थित बनाइने बताउनुभयो । उहाँले पुँजीबजारमा अवाञ्छित गतिविधि रोक्नको लागि बोर्डले पुँजीबजारलाई अटोमेसन प्रणालीमा लैजाने बताउनुभयो । उहाँले बोर्डले पुँजीबजारमा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै बजारलाई नयाँ उचाईमा पु¥याउने बताउनुभयो । उहाँले पाइपलाइनमा रहेका आइपीओ निष्कासन एक दुई दिनभित्रै शुरु हुने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले बोर्डले अब आईपीओ निष्कासनको लागि एक दुई दिनभित्रै स्वीकृत दिनेगरी काम अघि बढाएको जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले पुँजीबजारमा देखिएका अनियमितताको नियमन तथा नियन्त्रणको विषयमा पनि कामहरु गरिरहेको बताउनुभयो । उहाँले लगानीकर्ताको हितलाई मध्यनजर गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । नेतृत्वमा आइसकेपछि लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राख्नुभयो ।
अध्यक्ष श्रेष्ठले क्यापिटल मार्केट देशको अर्थतन्त्र चलायमान बनाउने ठूलो क्षेत्र भएकाले चलायमान बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बोर्डले ७० लाख लगानीकर्तालाई सहजता दिनेगरी काम गर्न पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले बोर्डको कार्य क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी रुपमा काम गर्ने तयारी रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्