काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र वालिङ नगरपालिका भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा हुनेछ ।
जारी लिगमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा एपिएफले बागमतीलाई हराएको थियो भने वालिङलाई पुलिस क्लबले पराजित गरेको थियो । आजको खेल जितेको खण्डमा एपिएफ अंक तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।
प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् । महिला लिगको यो फाइनल चरण हो । पहिलो चरणको लिगमा शीर्ष स्थान लिएका ५ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्