७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


प्राप्त अधिकार सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लागौं : उपप्रधानमन्त्री सिंह


195
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुले जथाभावी गतिविधि गर्न थाले प्राप्त अधिकारहरु पनि गुम्ने खतरा रहेको बताउनुभयो । उहाँँले कांग्रेस जिम्मेवार पार्टी भएकाले कार्यकर्ताहरुले पनि सोहीअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक सम्पन्नताको अभियानमा नागरिकलाई अधिकार दिलाउन कांग्रेस एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक साथै आर्थिक सुधारको नेतृत्व पनि काँग्रेसले लिनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता जनताले चाहेकाले कांग्रेस र एमाले मिलेर सरकार बनेको बताउनुभयो । उहाँले कसैले बद्मासी गरेको भए विधि र नियमअनुसार कारबाही हुने बताउनुभयो । लोकतन्त्रमा विधिको शासन पालना हुने बताउनुभयो । सहकारी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले त्यति धेरै ठूलो गल्ती गरेको व्यक्तिमाथि प्रतिशोध गरेको आरोप लाग्ने गरेको बताउनुभयो । कांग्रेस र एमालेले गरेको सानो कुरालाई पनि ठूलो बनाइदिने गरेको बताउनुभयो ।