१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


शेयर बजारमा झिनो अंकको वृद्धि


234
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक झिनो अंकले बढेर बन्द भएको छ ।

बजार परिसूचक नेप्से ४ दशमलव ६३ अंक बढेर २५८६ दशमलव २३ विन्दुमा पुगेको छ ।

हिजोको तुलनामा कारोबार रकममा पनि थोरै सुधार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज ८ वटा उपसमूह बढ्दा पाँच वटा उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूह सर्वाधिक २ दशमलव ४० प्रतिशत बढेको छ भने व्यापार उपसमूह सर्वाधिक २ प्रतिशत बढीले घटेको छ ।

यस दिन ३१५ स्टककोे एक करोड ८६ हजार कित्ता शेयर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । न्यादी हाइड्रोपावर, सामुदायिक लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सर्किट लागेको छ । सपोर्ट लघुवित्तको शेयर मूल्य भने सर्वाधिक ५ प्रतिशत बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक शेयर सर्वाधिक ४६ करोड १७ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।