काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेशको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताउनुभएको हो ।
सांसद सिंहले मधेशको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गर्नुभयो । उहाँले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताउनुभयो ।
सांसद सिंहले मधेशका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताउनुभयो । मधेशका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।
सांसद सिंहले मधेश सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धी नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्