२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म माओवादी केन्द्रसँग एकता हुँदैन : विप्लव


975
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनैपनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताउनुभएको हो ।

महासचिव चन्दले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने बताउनुभयो । उहाँले नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिष्ट पार्टीहरुले गम्भीरतापूर्वक नलिएको बताउनुभयो । क्रान्तिकारीहरुको एउटा सही विचार, संगठनको ध्रुविकरण बनाउन आफूहरु लागेको बताउनुभयो ।

महासचिव चन्दले बदलिएको सन्दर्भ, जनताको चाहना, जनताको सुझाव, पार्टीले गरिरहेको राजनीतिक अभ्यासको निस्कर्षबाट निर्वाचनमा भाग लिने निर्णय गरेको बताउनुभयो ।