इटाली । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमलाई इटालीको सार्नो नगरपालिकाद्वारा ‘पिस एम्ब्यासडर’ को उपाधिले सम्मानित गरिएको छ ।
जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवर्द्धनमा गौतमको योगदानलाई कदर गर्दै इटालीको ‘एस् मु डो शान्ति र न्याय’ नामक संस्था तथा सार्नो नगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रमकाबीच डिसेम्बर २७ मा गौतमलाई सो सम्मान प्रदान गरिएको हो ।
गौतमलाई सार्नोका मेयर डॉ. फ्रान्सेस्को स्क्विलान्ते, संस्कृति परिषद सदस्य प्रोफेसर अन्ना मारिया डेला पोर्टा र ‘एस् मु डो शान्ति र न्याय’की अध्यक्ष डॉ. ग्लाडिस माबेल क्यान्टेल्मीले संयुक्त रुपमा उक्त सम्मान प्रदान गरेका थिए ।
गौतमले विगत एक दशक देखी लुम्बिनी वर्ल्ड पिस फोरम मार्फत नेपाल, कम्बोडिया, जापान, म्यान्मार (बर्मा), सिङ्गापुर, फ्रान्स, भारत , इजिप्ट, लगायत विश्वका २० मुलुकहरुमा ‘दिगो शान्तिका लागि सांस्कृतिक समझदारी’कार्यक्रमहरु सञ्चालन गरेका छन ।
त्यसैगरी, फोरम मार्फत उनले श्रीलंका र बाङ्लादेश लगायत दक्षिण एसियाली देशहरुमा जलवायु न्यायको मुद्दालाई अघि सार्दै अभियान सञ्चालन गर्दै आएका छन ।
नेपालमा भने गौतमले विगत ५ वर्ष देशव्यापी रुपमा ‘दश लाख वृक्षारोपण तथा संरक्षण अभियान’ मार्फत जलवायु सचेतना अभियान सञ्चालन गर्दै आएका छन ।
कार्यक्रमको क्रममा, गौतमले मेयरसहितका स्थानीय अधिकारीहरूसँग महत्त्वपूर्ण छलफल गरे । उनीहरूको साझा दृष्टिकोणले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दै विश्वका चुनौतीहरूको समाधानमा जोड दिएको थियो ।
सम्मान ग्रहण गर्दै गौतमले, ‘यो सम्मानले दिगो शान्ति र जल वाय’ संकट को सामनामा आफ्नो संलग्नता अझै प्र्गाढ बनाउदै जान थप् हौसला मिलेको’ बताए ।
प्रतिक्रिया दिनुहोस्