६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन् : मन्त्री पाण्डे


143
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगितहरु गुणस्तरीय बन्दै गइरहेका बताउनुभएको छ ।

सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले नेपाली गीतहरु गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरु विस्थापित हुँदै गइरहेका उल्लेख गर्नुभयो । उहाँले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताउनु भयो । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरुको महत्वपूर्ण भुमिका हुने उहाँको भनाइ छ ।

कार्यक्रममा सुदूपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरुले प्रश्तुति दिनुभएको थियो ।