
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षमा चुनिनुभएको छ । शनिबार भएको अनलाइन निर्वाचनमा खसेको सबै २० भोट श्रेष्ठले प्राप्त गर्नुभएको बताइएको छ ।
एनओसीमा २७ संघका प्रतिनिधि मताधिकार प्राप्त छन् । अध्यक्षका उम्मेदवार तेज गुरुङले जीवनराम श्रेष्ठको समर्थनमा उम्मेदवारी फिर्ता लिएको बताइएको छ । अर्का उम्मेदवार निलेन्द्रराज श्रेष्ठसहित सुनिलकुमार श्रेष्ठ, समिम मिया अन्सारी, पुष्पदास श्रेष्ठ, मनिष जोशी र राजीवविक्रम शाहीले मतदानमा भाग लिएनन् ।
एनओसीले सर्वोच्च र उच्च अदालतको आदेश अवज्ञा गर्दै नयाँ नेतृत्व चयन गरेको हो । एनओसीको १९ सदस्यीय कार्य समितिको लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ । ७ उपाध्यक्षमा ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्य निर्विरोध भएका छन् ।
यस्तै महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठ, ३ सचिवमा रमेश प्रसाद शिवाकोटी, भीम सिंह गुरुङ र राम कृष्ण श्रेष्ठ निर्विरोध भए । पाँच सदस्यमा गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी र जितेन्द्र बहादुर चन्द पनि निर्विरोध भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्