१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


अजरबैजानको विमान दुर्घटनाप्रति रुसको क्षमा याचना


0
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी हवाई क्षेत्रमा व्यावसायिक विमान खसेकोप्रति क्षमायाचना गर्नुभएको छ ।

छिमेकी मुलुक अजरबैजानको एउटा विमान दुर्घटनामा ३८ जनाको ज्यान गएकोमा पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी माग्नुभएको हो । तर रुसले यो दुर्घटनामा आफ्नो संलग्नताबारे भने प्रष्टसँग स्विकारेको छैन ।

चेचन्याको रूसी क्षेत्रमा अवतरण गर्ने प्रयास गर्दा अजरबैजानको उक्त विमान काजखस्तानमा दुर्घटनाग्रस्त भएको थियो । अजरबैजान एयरलाइन्सको विमानमा सवार ६७ मध्ये ३८ जनाको मृत्यु भएको थियो ।

विमानमा अधिकांश यात्रु अजरबैजानका थिए भने रुस, काजाकिस्तान र किर्गिस्तानका पनि केही यात्रु थिए । बाँचेका अधिकांश यात्रुहरु विमानको पछाडिको भागमा बसेको अनुमान गरिएको छ ।

डिसेम्बर २५ मा अजरबैजानको राजधानी बाकुबाट चेचेनको राजधानी ग्रोज्नी जाँदै गर्दा आगलागीमा परेको विमान क्र्यसा ल्याण्डिङ गर्नेक्रममा दुर्घटनामा परेको थियो ।

रुसी हवाई रक्षा प्रणालीले विमानमाथि प्रहार गरेको युक्रेनको आरोप छ । रुसले शनिबार जारिु गरेको एक विज्ञप्तिमा पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग फोनमा कुरा गर्दै माफी मागेको उल्लेख गरेको छ ।