६ माघ २०८१, आइतबार | Mon Jan 20 2025


माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैन : विप्लव


3.744k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले माओवादी फुट्ने क्रम नरोकिने बताउनुभएको छ ।

बिहीबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै महासचिव चन्दले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर गर्नुभएको हो ।

महासचिव चन्दले माओवादी फुटेर १९ वटा भइसकेको बताउनुभयो । उहाँले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरुले मुलुकमा तरंग ल्याउने गरेको बताउनुभयो ।

महासचिव चन्दले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रिकृत हुँदै जाने दाबी गर्नुभयो ।